विराटनगर महानगरपालिका क्षेत्रको सडकमा ट्राफिक लाइट जडान प्रक्रिया सुरू भएको छ। मुख्य राजमार्ग र बजार क्षेत्रका ८ स्थानमा लाइट जडानको तयारी भएको हो।
>
६ लेन सडक आयोजना इटहरीले विराटनगरमा ट्राफिक लाइट जडानको प्रक्रिया अघि बढाएको हो। यसअघि प्रदेश नम्बर १ सरकारले इटहरीको मुख्य चोकमा गत वर्ष ट्राफिक लाइट जडान गरेको थियो।
>
प्रदेशको राजधानी सहर विराटनगरमा भने अहिलेसम्म ट्राफिक लाइटको प्रबन्ध भएको थिएन। भारतसितको सीमावर्ती औद्योगिक नगर विराटनगरमा सडक अधिक भीडभाडयुक्त र व्यस्त रहँदै आएको छ।
>
कार्कीका अनुसार मुख्य राजमार्गको रोडशेष चोकदेखि राजवंशी चोकसम्मको क्षेत्रमा पाँच ठाउँमा ट्राफिक लाइट जडान हुनेछ। ती स्थानमा ६ लेन सडक आयोजना इटहरीले लाइट जडान गर्नेछ।>
बजार क्षेत्रका तीन स्थानमा महानगरले लाइट जडान गर्नेछ। ट्राफिक चोकदेखि तीनपैनीसम्म तीन ठाउँमा महानगरले ट्राफिक लाइट जडान गर्ने तयारी गरेको छ। बजार क्षेत्रको यो खण्ड ज्यादै भीड हुने गरेको छ।
>
६ लेन सडक आयोजनाले मुख्य राजमार्ग अन्तर्गत रोडशेष, घाँसचोक, बरगाछी, कञ्चनबारी र राजवंशी चोकमा ट्राफिक लाइट जडान गर्नेछ भने महानगरले जलजला चोक, तीनपैनी र अर्को ट्राफिक चोक वा अस्पताल चोकमध्ये एक ठाउँमा जडान हुनेछ।>
तत्कालको आवश्यकता ट्राफिक चोक भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने माग गरिएको ट्राफिक प्रमुख कार्कीले बताए।
>
>>