भोलि राति १२ बजदेखि उपनिर्वाचनका लागि प्रचारप्रसार गर्न नपाइने

Aadil Times 1+ समाचार ( )
६ वैशाख २०८०

बैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि भोलि(बिहीबार) रातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ।

निर्वाचन आयोगका अनुसार बैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइने त्यसपछिको अवधिमा प्रचारप्रसार गर्न नपाइने भएको हो।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले उल्लेख गरेको छ। बैशाख १० गते चितवन-२, बारा-२ र तनहुँ-१मा उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया