स्वस्तिक छाप नलगाई रवि लामिछानेले खसाले मत

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् ।

उनले आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसाले तर प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएनन् ।

उनले चितवन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् ।


प्रतिक्रिया