सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित

Aadil Times 1+ समाचार ( )
सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित
२९ श्रावण २०७९

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार खडेरीका कारण ७ लाख ५५ हजार बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । तर उनीहरू देशको सीमाभित्र नै रहेका बताईएको छ ।

राष्ट्रसंघका अनुसार अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्या ४० वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन् ।

सोमालियमा भोकमरीले सिंगो देशलाई पिरोलेको र धेरै परिवार घरबार छोडेर जान बाध्य भएको बताइएको छ । जलवायु परिवर्तन र यूक्रेन युद्धका कारण खाद्यान्नको बढ्दो मूल्यका कारण सोमालियामा भोकमरीको समस्या झेलिरहेका मानिसको संख्या आगामी महिना करिब ५० लाखबाट बढेर ७० लाखमाथि पुग्ने यूएनएचसीआरले जनाएको छ ।

प्रतिक्रिया