माधव नेपाललाई योगेश भट्टराईले भने- होसमा हुनुहुन्छ कि हुनुहुन्न ?

Aadil Times 1+ समाचार ( )
२९ चैत्र २०७९

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद् विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका छन् ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव भट्टराईले अध्यक्ष नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

उनले अध्यक्ष नेपालको बोली शंकास्पद रहेको पनि बताएका छन् । उनले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गरे ।

सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद् विघटन गर्छ भनेर पनि प्रश्न गरेका हुन् ।

उनले कांग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा कांग्रेस ब्युँझिएको टिप्पणी गरे । कांग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भए पनि कांग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको उनको भनाई छ ।

प्रतिक्रिया