सचिव पौडेलले भने - अयोग्य लडाकुलाई तत्काल दुई लाख रुपैयाँ दिनुपर्छ

Aadil Times 1+ समाचार ( )
१८ वैशाख २०८०

नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले अयोग्य लडाकुहरूलाई तत्काल दुई लाख रुपैयाँ दिनुपर्ने बताएका छन् । 

सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरूलाई दिने भनिएको दुई लाख रुपैयाँ तत्काल दिइनुपर्ने बताएका छन् । 

“यो यस अघिकै सरकारहरूले गरेको निर्णय हो ,वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको हो,” उनले भने, आयोग्य लडाकुहरूलाई दुई लाख रुपैयाँको दरले दिँदा करिब एक अर्ब रुपैयाँ खर्च हुन्छ । 

उनले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरूको योगदान रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान हुनुपर्ने बताए ।

राज्यले अयोग्य लडाकुहरूलाई रकम दिँदा देश कंगाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरूको अपमान हुनु हो,उनले भने । 

उनले लडाकुहरूलाई रकम दिने कुरा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग पनि जोडिएको बताए ।

सचिव पौडेलले देशको परिवर्तनको निम्ति सर्मपित भएका युवाहरूलाई राज्यले सम्झिदाखेरी विरोध गर्नेहरूको विवेक हराएको टिप्पणी गरे ।

लडाकुको योगदानलाई पैसासँग तुलना गरिनु उनीहरूप्रतिको अपमान रहेको उनको भनाइ छ ।  

प्रतिक्रिया