एक्सपोमा आफ्ना चित्रकला प्रर्दशनी गर्न आउनुभएका राईलाई परियोजनाले ३० हजार नगद उपलब्ध

Aadil Times 1+ समाचार ( )
२ पौष २०७९

द लेप्रोसी मिशन नेपालको फाउण्ड परियोजनाले धरान सुनसरीका अपाङ्ता भएका एकजना चित्रकारलाई ब्यवसाय प्रर्बधनकालागि सहयोग रकम उपलब्ध गराएको छ । 

फाउण्डले धरान ११ का चित्रकार प्रदीप कुमार राईलाई ३० हजार नगद उपलब्ध गराएको हो । ह्वील चेयर प्रयोगकर्ता चित्रकार राईले बालुवा र रंगको प्रयोगगरि आर्कषक चित्रहरु सृजना गर्दै आउनुभएको छ । विराट एक्सपोमा आफ्ना चित्रकला प्रर्दशनी गर्न आउनुभएका राईलाई परियोजनाले सोहि ठाउँमा सहयोग रकम उपलब्ध गराएको छ । द लेप्रोसी मिशन नेपालको प्रदेश कार्यालय प्रमुख विपिन दासले राईलाई ३० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । राई विलक्षण प्रतिभाका धनि रहनुभएकोले उहाँको चित्रकलालाई प्रर्बधन गर्न आवश्यक उपकरणहरु खरीदकालागि परियोजनाबाट सहयोग रकम उपलब्ध गराइएको दासले बताउनुभयो । 

चित्रकार राईले विराट एक्सपोमा द लेप्रोसी मिशन नेपाल र राष्ट्रिय अपाङ महासंघको स्टल नम्बर ई १५÷१६ मा आफ्नो चित्रकलाको प्रर्दशनी र बिक्री स्टल राख्नुभएको छ । मेला आयोजक समितिले दुई स्टल मध्ये एउटा स्टल निशुल्क उपलब्ध गराएको जनाईएको छ । अपाङ्ता भएका ब्यक्तीहरुलाई रोजगार स्वरोजगार बनाउन पुलको काम गर्दै आएको लेप्रोसीको फाउण्ड परियोजाले प्रदेश एकमा २०२० यता १३० जनालाई बिउ पुँजी उपलब्ध गराई सकेको छ । यस्तै ७० जना बढीलाई रोजगारसंग जोड्न सफल भएको परियोजनाका भरत दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया