प्रचण्डलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्वाचन आयोगको तयारी

Aadil Times 1+ समाचार ( )
१६ कार्तिक २०७९

निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दोस्रो स्पष्टीकरण सोध्ने तयारी गरेको छ । प्रतिनिधिसभा सदस्य मनोनयनका दिन किन बाजा बजाएको भनेर स्पष्टीकरण सोधेपछि प्रचण्डले दिएको स्पष्टीकरण चित्त नबुझेको आयोगले जनाएको छ ।

प्रचण्डले ‘कसले कहाँ बाजा बजायो आफूलाई थाहा नभएको’ भनेर जवाफ दिएका थिए । प्रचण्डको सो जवाफ चित्त बुझ्दो नभएको भन्दै आयोगले गोरखाका मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई प्रचण्डले मनोनयन गर्न बाजा गाजा लगेका हुन कि हैनन् त्यसबारे बुझ्न निर्देशन दिएको छ ।

जिल्लाबाट जवाफ आएपछि सो आधारमा पुन स्पष्टीकरणको निर्णय गरिने आयोग स्रोतको भनाई छ ।


प्रतिक्रिया