प्रधानमन्त्री देउवाद्वारा दाहाल र नेपालसँग छलफल

Aadil Times 1+ समाचार ( )
१२ मंगशिर २०७९

सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने विषयमा छलफल भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एककिृत समाजवादीकम अध्यक्ष माधव कुमार नेपालसँग सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल गर्नुभएकोे हो । प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोबिन्द परियारले प्रधानमन्त्री देउवाले नेपाल र दाहालसँग छुट्टाछुट्टै छलफल गर्नु भएको र नेताहरुबीच प्रतिनिधि र प्रदेश सभा निर्वाचनको समीक्षा लगायत देशको समसामयिक विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।

शीर्ष नेताहरुबीच समानुपातिक मतगणनाको नजिता र सबै क्षेत्रको निर्वाचन परिणाम आएपछि गठबन्धनमा रहेका सबै दलहरुको बैठक बस्ने विषयमा पनि छलफल भएको थियो । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन परिणाम अन्तिमतिर आइपुग्न लाग्दा शीर्ष नेताहरुबीच छलफल भएको हो ।

प्रतिक्रिया