वृक्षारोपण गरेर विराटनगरका युवाहरुले मनाए नयाँ वर्ष

Aadil Times 1+ समाचार ( )
२ वैशाख २०८०

विराटनगरका युवाहरुले वृक्षारोपण गरेर नयाँ वर्ष मनाएका छन् । ‘जलवायुको लागि नेपाली युवा’ विराटनगरको अगुवाईमा युवाहरुले वृक्षारोपण गरेर नयाँ वर्ष मनाएका हुन् ।

उनीहरुले विराटनगरका विभिन्न स्थानमा वृक्षारोपण गरेका हुन् । विराटनगरमा बढ्दो वायु प्रदुषणबारे सचेत गराउने तथा युवावर्गलाई वातावरण प्रति सचेत बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजक करण साहले बताए ।

वृक्षारोपन कार्यक्रम विराटनगर रानी मिल्स एरियाको दुर्गा मन्दिर, बखरीको बाबा मन्दिर, त्रिमूर्ति सार्वजनिक स्थल र विराटनगर–१४ जतुवा लगायतका स्थानमा सम्पन्न गरिएको कार्यक्रम संयोजक कृताञ्जली बरालले बताइन ।

सो कार्यक्रमलाई क्लिन इनर्जी नेपाल र नेपाल स्थित अमेरिकी राजदूतावासले सहयोग गरेको थियो । वृक्षारोपणक लागि विरूवाहरु वन कार्यालय मोरङले उपलब्ध गराएको थियो ।

प्रतिक्रिया