चार हजार घुससहित प्रहरी वरिष्ठ नायव निरीक्षक पक्राउ

Aadil Times 1+ समाचार ( )
१८ कार्तिक २०७९

४ हजार रुपैयाँ घुससहित प्रहरी नायव निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा पसलका संचालकसँग घूस लिने प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीलाई अख्तियारको रंगेहात पक्राउ गरेको हो ।

प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत चौधरीले पसल संचालन गर्न महिनावारी रुपमा रकम दिनुपर्ने अन्यथा नदिने भनेर घूस मागेको उजुरी परेको थियो । उनीबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।


 

प्रतिक्रिया