मेसिनले खुट्टा काटेपछि आरती स्ट्रिप्सका मजदुर सिकिस्त घाइते

Aadil Times 1+ समाचार ( )
६ पौष २०७९

मेसिनले दुवै खुट्टा काटेपछि मोरङको बूढीगंगा गाउँपालिका-१ मा रहेको आरती स्ट्रिप्स उद्योगमा कार्यरत एक मजदुर सिकिस्त घाइते भएका छन् ।

बूढीगंगा-२ का ३४ वर्षीय लालचन ऋषिदेवको दुवै खुट्टा बुधबार बिहान ६ बजेतिर मेसिनले काटेको हो । काम गर्ने क्रममा उद्योगको हाइड्रोलिक पावर मेसिनले ऋषिदेवको खुट्टा काटेको थियो ।

ऋषिदेवको दाहिने खुट्टा छिनेर २ टुक्रा भएको छ । देव्रे खुट्टा छिन्न लागेको अवस्थामा छ । गम्भीर अवस्थाका ऋषिदेवलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ सम्भव नहुने भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

आरती स्ट्रिप्स कर्कटपाता र फलामे डण्डी उत्पादन गर्दै आएको भारतीय लगानीको उद्योग हो ।

प्रतिक्रिया