शक्तिशाली भूकम्पपछि टर्कीमा संकटकाल घोषणा

Aadil Times 1+ समाचार ( )
२२ माघ २०७९

टर्कीमा आज बिहान शक्तिशाली भूकम्प गएपछि संकटकाल घोषणा गरिएको छ । दक्षिण–पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको हो ।

सिरियासँगको सीमानजिकै केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न शहरहरूमा महसुस गरिएको छ ।

शक्तिशाली भूकम्पपछि पराकम्पहरू आइरहेका अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भवनहरू भत्किँदा क्षति भएको टर्कीका संवाददाताहरूले विवरण दिएका छन् ।

टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो । सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । प्राप्त जानकारीअनुसार भवनहरू ढल्दा त्यहाँभित्र ठूलो संख्यामा मानिसहरू फसेका छन् ।

प्रतिक्रिया