लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता

Aadil Times 1+ समाचार ( )
८ जेठ २०८०

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल र सनराइज बैंकका तर्फबाट सञ्चालक बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ड्यु डिलिजेन्स अडिटर (डीडीए)को प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने बताइएको छ । मर्जरपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ । लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको सीईओ हुने बताइएको छ । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको पहिलो बैठकबाट सञ्चालक समितिको अध्यक्ष चयन गरिने जानकारी गराइएको छ ।

सम्झौतापत्र दुवै बैंकको साधारणसभाबाट पारित भएपश्चात् नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरेपछि आउँदो असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया