ह्वीलचेयर प्रयोगकर्ताको प्रवेशमा समस्या

Aadil Times 1+ समाचार ( )
२९ मंगशिर २०७९

जिल्ला प्रशासन कार्यालय मोरङमा अपाङ्ता भएका ब्यक्ती तथा ह्वील चेयर प्रयोगकर्ता सेवाग्राहीको प्रवेशमा समस्या देखिएको छ । जिल्ला प्रशासनको मुल गेटमा निर्माण गरिएको अपाङतामैत्री सिढी (¥याम्प) लाई उद्धेश्य अनुरुप प्रयोग नगरिएका कारण ह्वीलचेयर प्रयोगकर्ताको प्रवेशमा समस्या देखिएको हो । 

ह्वील चेयर प्रयोगकर्ताकालागि जिल्ला प्रशासन कार्यालयको मुल प्रवेशद्वारमा निर्माण गरिएको ¥याम्पलाई उद्धेश्य विपरीत अन्य प्रयोजनाकालागि प्रयोग गरिंदा अपाङ्ता भएका ब्यक्तीहरुले समस्या झेल्नुपरिरहेको छ । जिल्ला प्रशासन कार्यालयको मुल प्रवेशद्वारको दायाँ–बायाँ दुवैतर्फ ह्वीलचेयर प्रयोगकर्ता तथा अपाङता भएका ब्यक्तीहरुका लागि ¥याम्प निर्माण गरिएको छ तर दुवै ¥याम्पहरुलाई उद्धेश्य विपरीत प्रयोग गरिएको पाईएको छ ।

कार्यालयको दाहिनेतर्फ रहेको ¥याम्पमा फुलको गमला सजाएर राख्ने गरिएको छ भने देब्रेपट्टिको ¥याम्पमा नयाँ नागरीकता लिन आउने सेवाग्राहीलाई लाम लगाउने गरिएको छ । जसका कारण सेवा लिन पुग्ने ह्वीलचेयर प्रयोगकर्तालाई कार्यालय प्रवेशमा समस्या हुने गरेको छ । जिल्ला प्रशासनमा सेवा लिन पुग्नु भएका विराटनगरका ह्वील चेयर प्रयोगकर्ता 

चेतनाथ पोखरेललाई ¥याम्पमा राखिएको गमलाकै कारण कार्यालय प्रवेशमा समस्या सृजना भयो । ¥याम्पको निकासी मुखमा राखिएको फुलको गमला उनकालागि अवरोध भएपछि उहाँ निकै बेरसम्म ¥याम्पमैं अडिनुप¥यो । एकातर्फको ¥याम्पमा गमला र अर्कोतर्फ सेवाग्राहीको लाम भएका कारण पोखरेल कार्यालय भित्र प्रवेश गर्न नसकी अलमलमा परे ।

पोखरेल गेटमैं रोकिनुपरेको अवस्था देखेर सेवाग्राही मध्येकै एक सहृदयि ब्यक्तीले गमला किनारा लगाईदिन भन्दै अघि सरे तर पोखरेलले भने तिनलाई भित्रबाट कर्मचारी बोलाईदिन आग्रह गरे । त्यसको केहिबेर मैं भित्रबाट आएका एकजना कर्मचारीले हतार–हतार गमला किनारा लगाए र पोखरेल भित्र पसे । 

मोरङ प्रशासन कार्यालयमा निर्माण गरिएको ¥याम्पमा जहिल्यै अवरोध रहिरहने गरेको ह्वील चेयर प्रयोगकर्ताहरुले बताएका छन । आफुहरुले दुवै तर्फको ¥याम्पलाई अवरोध मुक्त राख्न पटकपटक अनुरोध गरेपनि एउटै प्रबृति दोहोरिने गरेको ह्वील चेयर प्रयोगकर्ता पोखरेलले बताउनुभयो । 

सो बिषयमा प्रतिक्रिया दिनुहुँदै मोरङका साहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले कार्यालयमा सेवाग्राहीको चाप बढी भएको तथा कोठाहरुको अभाव भएका कारण समस्या देखिएको दाबी गर्नुभयो । 

जिल्ला प्रशासन कार्यालयका कर्मचारीले ¥याम्पको महत्व र आवश्यकतालाई नबुझी दिंदा ह्वीलचेयर प्रयोगकर्ताले बारम्बार एकै प्रकारको समस्या झेल्नुपरिरहेको छ । यसतर्फ जिल्ला प्रशासन कार्यालयको ध्यान पुगोस । 



प्रतिक्रिया

सम्बन्धित समाचार