बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Aadil Times 1+ समाचार ( )
३० फाल्गुन २०७९

सुनसरीको दुहबी नगरपालिका-८ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको मलगंवा नगरपालिका-७ घर भएका २८ वर्षीय रवीन्द्र महरा रहेका छन् ।

ध १ ख ६४७ नम्बरको बसले पैदलयात्री रवीन्द्रलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको छ ।

ठक्कर दिने बससहित चालकलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया