नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताब प्रहरीको नियन्त्रणमा

Aadil Times 1+ समाचार ( )
२९ मंगशिर २०७९

नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताब (सेहन्सा) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुलेको आरोपमा उनलाई आज (बिहिवार) नियन्त्रणमा दिईएको प्रहरीले जनाएको छ ।

गत मङ्सिर १४ गते घरबाटै ल्याएर विराटनगरका विभिन्न स्थानमा पु¥याई दवावमा १५ लाख रुपैँया असुलेको भन्दै उद्योगी राठीले प्रहरी समक्ष जाहेरी दिएका थिए । प्रहरी समक्ष जाहेरी परेदेखि सम्पर्क विहीन भएका अब्दुललाई आज विहान ११ बजे प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका खत्ताबलाई आज नै मोरङ अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाईने जनाएको छ ।

‘मुद्दा दर्ता भइसकेका हुनाले आज नै जिल्ला अदालतले म्याद थप गर्छ,’डिएसपी श्रेष्ठले भने,‘अदालतको म्याद थप पछि प्रहरीले थप अनुसन्धान गर्नेछ ।’

प्रतिक्रिया