सेयर बजारमा आज उछाल

Aadil Times 1+ समाचार ( )
२० पौष २०७९

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जाका बारेमा सुधार गर्ने निश्चित भए लगत्तै बुधबार सेयर बजारमा तीव्र सुधार देखिएको छ। केही दिनयता राष्ट्र बैंकको चालु पुँजी कर्जाको निर्णयमा अड्किएको सेयर बजारमा बुधबार ६४ अंक भन्दा बढीको सुधार देखिएको हो।

गत सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रसँगको छलफलमा यस सम्बन्धी सुझाव माग गरेका थिए भने मंगलबार निजी क्षेत्रका व्यवसायीहरुले पनि राष्ट्र बैंकलार्इ सुझाव पेस गरेका थिए। बुधबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नरले प्रधानमन्त्री र अर्थमन्त्रीको छलफल पछि चालु पुँजी कर्जा संशोधनका विषयमा पत्रकार सम्मेलन गर्ने निर्णय गरेका थिए।

त्यस लगत्तै बजारमा खरिदकर्ताको तीव्र चाप देखिएको हो। बुधबार नेप्से परिसूचक ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा आइपुगेको छ। यस्तै सेन्सेटिभ पनि १४.०९ अंकले बढेको हो।

यस्तै आज कारोबार भएको मध्यान्नसम्म सुस्त कारोबार चालु पुँजी कर्जामा सुधार हुने निश्चित भएपछि कारोबारमा तीव्र वृद्धि देखिएको छ। आज दिनभरको कारोबार अवधिमा ३ अर्ब ५० करोड माथिको सेयर किनबेच भएको हो।

चालु पुँजी कर्जामा सुधार हुने निश्चित भएपछि उत्पादनशील क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको हो। आज लगानी उपसमूह ५.७२ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूह ५.४१ प्रतिशत र बजार उपसमूह ९.७४ प्रतिशतले बढेको छ।


प्रतिक्रिया