धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु

Aadil Times 1+ समाचार ( )
१० चैत्र २०७९

धनुषामा दुई ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोक्किँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको हो । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १– ०१–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्कएर तीनजनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 

उनका अनुसार सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते भएका छन् । ढल्केवर अस्पतालमा उनको उपचार भइरहेको छ । 

प्रतिक्रिया