राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज भएर आजै स्वदेश फर्किदै

Aadil Times 1+ समाचार ( )
१६ वैशाख २०८०

राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्। भारतको अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत राष्ट्रपति पौडेले आज डिस्चार्ज भए लगत्तै स्वदेश फर्किन लागेका हुन् ।

राष्ट्रपति पौडेल आज बेलुकी ८:३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट आज स्वदेश फर्कने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनी स्वास्थ्यमा पूर्ण सुधार भएपछि स्वदेश फर्किन लागेका हुन् ।

राष्ट्रपति पौडेलको छातीमा पानी जम्ने समस्या देखिएको र त्यसको उपचार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा हुँदै आएको थियो। राष्ट्रपति पौडेललाई वैशाख ६ गते उपचारका लागि भारत लगिएको थियो ।


प्रतिक्रिया