विराटनगरमा नेकपा एकीकृत समाजवादी पार्टीको तेस्रो पूर्ण बैठक सम्पन्न

Aadil Times 1+ समाचार ( )
२९ पौष २०७९

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । सो बैठकले गत निर्वाचनमा पार्टीको अवस्थाको समीक्षा गर्दै पार्टीलाई चलायमान बनाउन विभिन्न निर्णयहरू गरेको छ । 

बैठकले महानगर कमिटीको अध्यक्षमा वीरेन्द्र यादवलाई चयन गरेको छ भने सचिवालयको समेत पुनर्गठन गरेको छ । कमिटीले माघ महिना देखि सदस्यता नवीकरण र वितरणलाई व्यापक बनाउँदै केही महिना भित्रमा अधिवेशन गर्ने भएको छ ।

उक्त बैठकलाई नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, केन्द्रीय सदस्यहरू भीम बहादुर बस्नेत, सेमन्तराज भण्डारी लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया