कोरोना बीमाको दाबी भुक्तानी फेरि सुचारु

Aadil Times 1+ समाचार ( )
१३ मंगशिर २०७९

निर्जीवन बीमा कम्पनीहरुले आजबाट कोरोना बीमाको दाबी भुक्तानी शुरु गरेका छन् । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब बिनियोजन गरिसकेको छ ।

सरकारले विनियोजन गरेको रकमको २५ प्रतिशत रकम बीमा कम्पनीहरुले थप गरेको र १२ प्रतिशत नेपाल रि इन्सुरेन्सले थप गरेको छ ।  बीमा प्राधिकरणले त्यसमा आठ प्रतिशत रकम थप गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।अहिलेको सो रकमले १६ हजार बीमितलाई भुक्तानी गर्न पुग्ने पौडेलले नेपालप्रेसलाई जानकारी दिए ।जुन जुन बीमा कम्पनीबाट बीमा गरिएको हो सोही कम्पनीबाट बीमा रकम भुक्तानी हुने प्राधिकरणले जनाएको छ ।

कोरोनाकालमा बीमा गरेकाहरुको मितिका आधारमा जसको पहिला छ उसैलाई पहिला दिने गरी वित्तरण हुने प्राधिकरणले जनाएको छ । सरकारले दावी भुक्तानी गर्ने प्रतिबद्धता गरे पनि डेढ वर्षदेखि भुक्तानी रोकिएको थियो ।१७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५ सय ५४ रूपैयाँ बराबरको दावी गरेका थिए । 

प्रतिक्रिया