९३ प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा

Aadil Times 1+ समाचार ( )
१० माघ २०७९

९३ प्रतिशत पाकिस्तानी नागरिक चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेका एक अध्ययनले देखाएको छ । देशभरका वयस्क पुरुष र महिलाका राष्ट्रिय प्रतिनिधिमाझ हालै गरिएको एक सर्वेक्षणले ९३ प्रतिशत पाकिस्तानीले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनुमा सहमति जनाएका देखाएको हो ।

ग्यालप र गिलानी सर्वेक्षणमा सहभागीमध्ये सात प्रतिशतले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउन नहुने जवाफ दिएका छन् ।

शहरी क्षेत्रका तीन प्रतिशतभन्दा बढी चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउने पक्षमा उभिएका प्रतिवेदनमा उल्लेख छ । चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने मानिसहरूको सबैभन्दा बढी प्रतिशत देशको पूर्वी पञ्जाब र दक्षिणी सिन्ध प्रान्तका छन् ।

प्रतिक्रिया