गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन सैद्धान्तिक सहमति

Aadil Times 1+ समाचार ( )
२९ माघ २०७९

सरकारले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गेटा कलेजको उद्घाटनमा रहभागी हुने कार्यक्रम रहेको छ । उनी कैलाली जाँदैछन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक सुदूरपश्चिम प्रदेश जान लागेका हुन ।

साथै, प्रधानमन्त्री प्रचण्डले महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने कार्यक्र रहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया