आफ्नै पार्टीका सांसद ढाकाकुमारको बयान लिँदै रबि

Aadil Times 1+ समाचार ( )
२८ चैत्र २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले सोही पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको बयान लिने भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा पार्टीको अनुशासन समितिले सांसद श्रेष्ठको बयान लिने भएको हो।

व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि दुई करोड पैसा मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठ आलोचित भएका थिए। सो प्रकरणमा पार्टीले उनलाई निलम्बन गर्नुका साथै स्पष्टीकरण समेत सोधेको थियो।

पार्टीले सोधेको २४ घन्टे स्पष्टीकरणको समय सकिएपछि मात्र जवाफ दिएका श्रेष्ठले सो अडियो सम्पादन गरिएको जवाफ दिएका थिए।

सोही विषयमा थप अनुसन्धानका लागि अनुशासन समितिले उनलाई बयानका लागि आज पार्टी कार्यालय बोलाएको हो। बयानपछि समितिले पार्टीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

प्रतिक्रिया