घट्‌यो डलर र युरोको भाउ

Aadil Times 1+ समाचार ( )
२६ पौष २०७९

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३२ रुपैयाँ ६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

युरोपियन युरो एक रुपैयाँ ३६ पैसाले घटेको छ । यसको खरिददर १४० रुपैयाँ ३० पैसा र बिक्रीमा १४० रुपैयाँ ९४ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिद १४० रुपैयाँ ५८ पैसा र बिक्री १४१ रुपैयाँ ३ पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलरमा ९० रुपैयाँ नाघेको छ । यसको खरिदमूल्य ९० रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २५ पैसामा कारोबार भैरहेको छ । यसअघि, सोमबार खरिदमूल्य ९० रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २२ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३५ रुपैयाँ १५ पैसा तोकिएको छ ।अघिल्लो दिन यसको खरिदमा ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसामा कारोबार भएको थियो ।

यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ५ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १९ पैसा रहेको छ ।






प्रतिक्रिया