जीवन विकास समाजद्वारा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Aadil Times 1+ समाचार ( )
२८ फाल्गुन २०७९

जीवन विकास समाजद्वारा अभिभावक संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो। श्रि काली आधारभुत विद्यालयमा गुणस्तरीय शिक्षा अभिवृदृि र प्रभावकारिताका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

शिक्षक तथा अभिभावक बीच छलफल संचालन गरिरहेको बिद्यालयले जनाएको छ। बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि तथा ब्यबहारिक शिक्षाका विषयमा जीवन विकास समाज विकास परियोजना कार्यक्रमका सहजकर्ता,  अभिभावक र शिक्षक संग छलफल गरिएको हो ।

 आईतबार २८ गते सम्पुर्ण विद्यार्थी का  अभिभावक सँग छलफल संचालन सम्पन्न भएको छ। जीवन विकास समाज विकास परियोजना कार्यक्रमका सामाजिक सहजकर्ता अभय मगर को अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि थापा मगर प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सहजकर्ता पवन मुखियाले  प्रष्ट पारेका थिए ।

प्रधानाध्यापक श्याम प्रसाद राजभरले सिकाईले वृद्धिको निम्ति विद्यालयले अभ्यास संगै रचनात्मक गतिविधि गर्दै आएको र निरन्तर प्रयत्नशिल रहेकोले अभिभावकहरुको र आफ्ना नानीहरुको निगरानी संगै पठनसंस्कृतिको विकासमा जोड दिनु पर्ने बताए।

प्रतिक्रिया