वीरेन्द्रकुमार साह गिरिजाप्रसाद कोइराला फाउण्डेसनको कोशी प्रदेश सचिवमा न्युक्त

Aadil Times 1+ समाचार ( )
२१ वैशाख २०८०

राजनैतिक, सामाजिक अभियानता तथा  पत्रकार वीरेन्द्रकुमार साहले  गिरिजाप्रसाद कोइराला फाउण्डेसनको कोशी प्रदेश समिति सचिव पदको जिम्मेवारी पाएको छ ।

फाउण्डेसनका केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसका महिला नेत्री एवम् पूर्व उपप्रधानमन्त्री सुजता कोइरालाले विज्ञप्ती जारी गरेर साहलाई २ बर्षकालागि कोशी प्रदेश समिति सचिव पदको जिम्मेवारी सुम्पिएको जानकारी गराएको छ । 

साह नेपाली कांग्रेस मोरङ जिल्ला समितिका सदस्य  समेत हुन्।  नेपाली कांग्रेस मोरङले यूवा नेता साहलाई पार्टीको सञ्चार विभाग प्रमुखको जिम्मेवारी समेत दिएको छ। साह राजनीति संगै सामाजिक कार्यमा पनि निकै सक्रिय छन्।

उनको सामाजिक सक्रियता देखेर नै फाउन्डेसनकी केन्दिय अध्यक्ष तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री सुजाता कोइरालेले साहलाई  कोशी प्रदेशको सचिवको जिम्मेवारी दिएको बताईन्। 

साहलाई आगामी दिनमा गिरिजाप्रसाद कोइराला फाउण्डेसन कोशी प्रदेश समितिको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । कोशी प्रदेशको सचिव पदको जिम्मेवारी पाएका साहले गिरिजाप्रसाद कोईरालाको नाम  र गरिमालाई सदैव आत्मसार गर्दै सामाजिक कार्यहरु गर्ने बताए। 

आगामी एक  बर्षमा कोशी प्रदेशको विभिन्न जिल्लाहरुमा करिब १२ वटा कार्यक्रमहरु संचालनमा ल्याउने योजना रहेको साहले बताए।  यो जिम्मेवारी दिएकोमा उनले सुजाता कोइरालालाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया