सामान्य अङ्कले घट्यो नेप्से

Aadil Times 1+ समाचार ( )
२७ मंगशिर २०७९

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा २.५७ अङ्कले घटेर बन्द भएको हो । नेप्से ०.१३ अङ्कले घटेसँगै परिसूचक १८९९ अंकमा आइपुगेको छ ।

यसक्रममा आज ९० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १२ वटा कम्पनीको मूल्य तलमाथि भएको छैन । यसबाहेक, सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आजै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७५ रुपैयाँले बढेर २२ सय ६० रुपैयाँ पुगेको छ । यसबाहेक, सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य ७ प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज नबिल बैंकको ७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, नेपाल टेलिकमको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसबाहेक, आज नबिल बैंककै सेयर सबैभन्दा धेरै ११ सय ७२ पटक कारोबार भएको छ ।

प्रतिक्रिया