प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

Aadil Times 1+ समाचार ( )
२० चैत्र २०७९

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ८ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक हजार रूपैयाँले बढेर एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार १० रूपैयाँले बढेर १ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया