डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता

Aadil Times 1+ समाचार ( )
५ मंगशिर २०७९

डडेल्धुरामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

एकमात्र निर्वाचन क्षेत्र भएको यो जिल्लाको मतगणनालाई निकै महत्वका साथ हेरिएको छ । किनकि यहाँबाट काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार हुनुहुन्छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकाल र नेपाली काँग्रेस (बीपी)का कर्णबहादुर मल्लले चुनौती दिनुभएको छ ।

प्रारम्भिक परिणाम अनुसार ५ सय मत गन्दा देउवालाई २३९ मत प्राप्त भएको छ । त्यस्तै ढकालले ९७ मत र मल्लले १४१ मत ल्याउनु भएको छ । प्रदेशतर्फ भने मतगणना भएको छैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार