वर्षामान पुनकी आमालाई निवासमै गोली लाग्यो

Aadil Times 1+ समाचार ( )
१ वैशाख २०८०

प्रहरी जवान प्रकाश पुनले बोकेको पेस्तोल पड्किँदा पूर्वमन्त्री वर्षमान पुनकी आमा ७० वर्षीया तीर्थमाली पुनलाई गोली लागेको छ । घटनालगत्तै उनलाई वीर अस्पतालको ट्रमा सेन्टर लगेर उपचार भइरहेको छ ।

उनको देव्रे खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । घट्ना गए राति गैरीधारास्थित तीर्थमाली बस्ने घरमा भएको हो । नयाँ वर्ष मनाउन प्रकाश त्यहाँ पुगेका थिए ।

उनी तीर्थमायाको पारिवारिक नातेदार रहेको बताइएको छ । पेस्तोलधारी पुनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घटना नियोजित हो वा असावधानीवश भन्नेबारे खुल्न बाँकी रहेको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया