पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार

Aadil Times 1+ समाचार ( )
१९ कार्तिक २०७९

गोली लागि घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । शल्यक्रिया गरेर शरीरबाट गोली निकालिएको र खानको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पताल स्रोतलाई उद्धृतले जनाएको छ।

खानको खुट्टामा गोली लागेको छ । खान चाँडै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ । एक बन्दुकधारीले आक्रमण गर्दा खानसहित झण्डै १० जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको ज्यान गएको र ज्यान गुमाउने आक्रमणकारीमध्ये एक रहेका पाकिस्तानी सञ्चारमाध्ययमले जनाएका छन् ।

गोली हानेको आरोपमा एक जना पक्राउ परेका छन् । खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले सरकार र सेनाका एक मेजर जनरलमाथि आक्रमणको मुख्य योजनाकार रहेको आरोप लगाएको छ । तर पाकिस्तानी सेनाले भने खानको आरोपलाई निराधार र गैर जिम्मेवारपूर्ण भनेको छ ।

पाकिस्तानी सेनाले विज्ञप्ति निकालेर झुटो आरोप लगाउने माथि कारबारी गर्न सरकारलाई अनुरोध गरेको छ । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पनि खानको आरोप अस्वीकार गर्नुभएको छ । प्रधानमन्त्री शाहबाज सरिफले घटनाको दिन निन्दा गर्दै छानबिनको आदेश दिनुभएको छ । गएको अप्रिलमा खानलाई सत्ताबाट हटाएपछि पाकिस्तानमा राजनीतिक सङ्कट बढेको छ ।

प्रतिक्रिया