सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले लिए शपथ

Aadil Times 1+ समाचार ( )
२७ माघ २०७९

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसकेर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीबाट बाहिरिएपछि कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका शाहले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

प्रतिक्रिया