झापामा ६ महिनामा दर्ता भए ५०५ उद्योग

Aadil Times 1+ समाचार ( )
२१ माघ २०७९

झापामा ६ महिनामा १ अर्ब बढीका उद्योग दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७९ ०८० को पुस मसान्तसम्ममा स्थायी र चालू गरी १ अर्ब ३१ करोड ३८ लाख ८९ लाख कूल पुँजी भएका ५०५ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका मध्ये झण्डै ४४ प्रतिशत अर्थात् २२२ वटा कृषि तथा वनजन्य उद्योग छन् ।

दर्ता भएकामा उत्पादन मूलक ७९ र सेवामूलक २०४ उद्योग रहेका कार्यालयका कर्मचारी चन्द्र पौडेलले जानकारी दिए । साउनमा १०७, भदौमा १४४, असोजमा ५३, कात्तिकमा ४९, मंसिरमा ७७ र पुसमा ७५ वटा उद्योग दर्ता भएका छन् ।

दर्ता भएका ती उद्योगमा महिला र पुरुष गरी ५४२ उद्यमी छन् । ती उद्योग सञ्चालनमा आएमा १ हजार २८९ जनाले रोजगारी समेत पाउने देखिन्छ ।

दर्ता भएका उद्योगको उत्पादन क्षमता वार्षिक १ अर्ब ३९ करोड ६० लाख ४ हजार छ । उद्योग दर्ताबापत कार्यालयले २० लाख १० हजार ७०० राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया