नेपाल र नामिबिया आज भिड्दै

Aadil Times 1+ समाचार ( )
१५ मंगशिर २०७९

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज शुक्रबार घरेलु टोली नामिबियासँग खेल्दैछ ।

पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियाको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा सुरु हुनेछ ।

यस सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र नामिबियाबीच अहिलेसम्म दुई एकदिवसीय अन्तराष्ट्रिय भएको छ । जसमा दुवै खेल नामिबियाले जितेको छ । नेपाल तेस्रो खेलमा भने नामिबियालाई हराउन चाहन्छ ।

६ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा छ ।

बिहीबारबाट सुरू यस सिरिजमा नामिबिया पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल भने जितसहित सिरिजको सुरू गर्न चाहन्छ ।

प्रतिक्रिया