विराटनगरमा मदिरा सेवन र बिक्रि वितरणमा रोक

Aadil Times 1+ समाचार ( )
२७ कार्तिक २०७९

प्रदेश १ को राजधानी विराटनगर सहित मोरङ जिल्ला भरी मादक पदार्थ बेचबिखन, ओसार पसार र सेवन गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले निर्वाचनलाई मध्यनजर गर्दै आगामी मंसिर १ गते राति १२ बजेदेखि ५ गते राति १२ बजेसम्म जिल्लाभरी मादक पदार्थ बेचबिखन, ओसार पसार र सेवन गर्न रोक लगाएको हो ।

जिल्ला सुरक्षा समिमितको निर्णय बमोजिम रोक लगाएको प्रशासनले सो आदेशको बर्खिलाप भए कानुन अनुसार कारबाही हुने चेतावनी पनि दिएको छ ।


प्रतिक्रिया