नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

Aadil Times 1+ समाचार ( )
१९ माघ २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडा बस्ने माओवादी केन्द्रले जनाएको छ ।

बिहीबार सुरु भएको बैठक जारी रहने स्थायी कमिटी सदस्य दीनानाथ शर्माले जानकारी दिए। हिजो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बैठकलाई जानकारी गराएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको जानकारी प्रचण्डले स्थायी कमिटीलाई गराएका थिए।

प्रचण्डले रवि लामिछानेको नागरिकता सम्बन्धी विवाद टुंगो नलागेसम्म गृह मन्त्रालय पुनः दिन नसकिने अडान लिएका छन्।

बिहीबार बेलुकी बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले सरकारबाट बाहिरिने विषयमा २ दिनपछि थप निर्णय गर्ने निर्णय लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार