झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान(श्रीमतीको मृत्यु

Aadil Times 1+ समाचार ( )
३० कार्तिक २०७९

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रहेका श्रीमान(श्रीमतीको मृत्यु भएको छ ।

हिजो दिउँसो मंगलबार कन्काई नगरपालिका् ७ दुर्गापुरमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६७९४ न।को बसले बिपरित दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ न को मोटरसाइकललाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका( ६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र पछाडी सवार उनकै श्रीमती ५० वर्षीया सीता देबी मैनाली घाईते भएका थिए । उनीहरूको उपचारको लागि बिर्तमोडको बिएण्डसी अस्पताल पुर्‍याउनुसाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

बस चालक भुपाल देवान प्रहरीको नियन्त्रणमा रहेको र सो दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया