निर्वाचन निष्पक्ष बनाउन आयोगको निर्देशन

Aadil Times 1+ समाचार ( )
२६ कार्तिक २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ मंसिरमा हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालिमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले यस्तो निर्देशन दिएका हुन् ।

निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहन रूपमा महसुस गरेर काम गर्न उनले निर्देशन दिए ।

मतदाताको सार्वभौम मतको उपयोगलाई सहज रूपमा गर्न दिने र गलत व्यक्तिले मतदान गर्ने अवस्था आउन नदिने तथा मतदान केन्द्रलाई समावेशी, लैंगिक तथा अपांगमैत्री बनाउन १ मंसिरसम्म सम्बन्धित केन्द्रमा पुगेर खट्न आग्रह गरे ।

कार्यक्रममा चितवनका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला निर्वाचन अधिकारी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया