लिम्बूलाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को बैठकको निर्णय

Aadil Times 1+ समाचार ( )
२३ चैत्र २०७९

पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा लिम्बुको निधन भएको थियो ।

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । प्रवक्ता शर्माले नामकरण सम्बन्धमा भइरहेको आन्दोलन र विरोधका सम्बन्धमा प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारले सहजीकरण गर्ने निर्णय भएको पनि बताइन् ।

प्रतिक्रिया