राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नरेश थापा नियुक्त

Aadil Times 1+ समाचार ( )
२२ कार्तिक २०७९

राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा  नरेश थापा नियुक्त भएका छन् ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले थापालाई पाकिस्तानविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलको लागि सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले सहायक प्रशिक्षक भएका थापालाई नियुक्ति पत्र दिएका छन् । नेपालले दशरथ रंगशालामा कात्तिक ३० मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल साँझ ५ बजे सुरु हुनेछ ।

यसअघि यो मैत्रीपूर्ण खेलका लागि एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकका रूपमा प्रवेश कटुवाललाई नियुक्त गरिसकेको छ । कटुवालले मछिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिगको उपाधि जिताएका थिए ।

विश्व फुटबल महासंघ (फिफा) को निलम्बन फुकुवासँगै पाकिस्तान सिनियर पुरुष टिमले आठ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

प्रतिक्रिया