सुनको भाउ स्थिर, चाँदीको घट्यो

Aadil Times 1+ समाचार ( )
३ पौष २०७९

आज सोमबार सुनको भाउ स्थिर छ । आइतबार तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ लाख रुपैयाँमै स्थिर छ । आज चाँदीको तोलाको १ हजार ३ सय ८० रुपैयाँमै किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ७ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार