बाजुरामा कांग्रेसका बद्रिपाण्डे अघिअघि, एमालेका थापा पछिपछि

Aadil Times 1+ समाचार ( )
१६ मंगशिर २०७९

बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायम गर्नुभएको छ ।

आज शनिबार बिहानसम्म कांग्रेसका उम्मेदवार पाण्डेले १३ हजार ३ सय ६१ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले १० हजार ४ सय ३७ मत प्राप्त गरेर पछ्याईरहनुभएको छ।

कांग्रेसका उम्मेदवार पाण्डे र एमालेका उम्मेदवार थापाबीच २ हजार ९ सय २४ मतान्तर रहेको छ ।

प्रतिक्रिया