कोशी प्रदेश विरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा

Aadil Times 1+ समाचार ( )
१० चैत्र २०७९

आफ्ना नेता पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आज बसेको आपतकालिन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरुले प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन नगरुञ्जेल र आन्दोलनकारी वीर येद्धा सहादत प्राप्त पदम लिम्बू (लाजेहाङ)लाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान पनि राखेका छन् ।

यस्तै बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको तर्फबाट आजै बेलुकीसम्ममा नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने पनि बैठकको निर्णय छ ।

बैठकले पदम लिम्बूको तस्बिर आजदेखि सहिदको रुपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने निर्णय पनि गरेको छ ।

बैठकले आज बेलुका ५ बजेदेखि ६ बजेसम्म प्रदेशका सबै जिल्ला र काठमाडौंमा विरोधसभा गर्ने, चैत्र ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया