उपराष्ट्रपति निर्वाचन : उम्मेद्वारी दर्ता आज

Aadil Times 1+ समाचार ( )
२६ फाल्गुन २०७९

उपराष्ट्रपतिको निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै छ ।आज बिहान ९ बजेदेखि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय छुट्यिाइएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा  समुदायको व्यक्ति हुनुपर्नेछ।

उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन्। उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहने छन ।

प्रतिक्रिया