एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औँ महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशनले नयाँ अध्यक्षसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्नेछ ।
>
अनेरास्ववियुका नेताहरूका अनुसार अध्यक्षका लागि तीन जनाले दाबी गरेका छन् । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र मोती विश्वकर्माले अध्यक्षका लागि दाबी गरिरहेका छन् ।
>
४ फागुनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वका साथै तीनवटा केन्द्रीय आयोग पनि गठन गर्नेछ । ती हरेक आयोगमा १५ जना सदस्य रहने छन् ।
>
आज नेपाल प्रज्ञा प्रतिष्ठानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी रहेको छ । महाधिवेशनका लागि देशभरबाट १ हजार ८० जना प्रतिनिधि आएका छन् ।
>>