धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) यस्ता जनप्रतिनिधि हुन् जसको बारेमा आएका कुनैपनि प्रतिक्रियाको तुरुन्तै जवाफ फर्काइहाल्छन् ।
>
उनै साम्पाङले नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख विष्णु रिमाललाई भुसुनाको संज्ञा दिएका छन् ।>
रिमालले साम्पाङलाई बौलाहा मेयर भन्दै आलोचना गरेपछि उनले आज रिमाललाई जवाफ फर्काएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ।अब आउने चुनावमा यसलाई जनताले देखाइदिनेछन्’।
>
शनिबार अखिल नेपाल महिला सङ्घ अनेमसंघको दोस्रो पूर्ण बैठकमा उपमहासचिव रिमालले धरानका प्रमुख हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ को रूपमा चित्रण गरेका थिए ।
>
उनले ‘धरानका बौलाहा टाइपका मेयरको सामाजिक सञ्जालमा हजारौँ लाईक आउँछ तर केपी ओलीको सामाजिक सञ्जालमा लाइक आउने’भन्दै उनले कार्यकर्तासमक्ष असन्तुष्टि पोखेका थिए ।>
>>