सेन्ट्रल मल आज चौथौं बर्षमा : मल प्रति ग्राहकको विश्वास थप बढ्दै

Aadil Times 1+ समाचार ( )
१९ फाल्गुन २०७९

आज भन्दा करिब ५ बर्ष अगाडि सपिङ कम्प्लेक्समको अवधारनामा बिराटनगरमा नेपाल बजारले एक क्षत्र राज गरिरहेको थियो । बिराटनगरको महेन्द्र चौक मै रहेको नेपाल बजारले एक पछि अर्को शाखा संचालनमा ल्याउदै गए । तर विराटनगरमा एकै मलमा सपिङ कम्प्लेक्स , बिभिन्न गेमिङ जोन , स्ट्रीट फुड देखी आइस्क्रिम पार्लर लगायतका स्टलहरु सहितको अवधारना आइसकेको थिएन । 

जब बिराटनगरमा सेन्ट्रल मल संचालनमा परिकलपना भयो । तब यसमा एक परिवारलाई घर चलाउन चाहिने हरेक सामग्री देखी मनोरंजन स्थल समेत एकै स्थानमा समेटिने गरि कार्यसम्पादन अगाडि बढाइएको थियो जुन विराटनगरवासीको लागी आवश्यक्ता पनि थियो ।    

आज भन्दा ४ बर्ष अगाडि सेन्ट्रल मलको उद्घाटन कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले गरेका थिए । उनले त्यति खेर पनि भनेका थिए की यो मल कोशी प्रदेशकै एक गहना हो ।

सेन्ट्रल मलका निर्देश्क बिकास चौधरी कोशी प्रदेशका पहिलो तात्कालिन मुख्यमन्त्री शेरधन राइलाई मल उद्धघाटनको बखत स्वागत गर्दै

आज विराटनगर स्थित सेन्ट्रल मल चौथो बर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सव अवसरमा मलले विभिन्न कार्यक्रम गरिरहेको छ । 

वार्षिकोत्सव अवसर पारेर फागुन २० विहान १० बजेदेखि खुल्ला रक्तदान कार्यक्रम आयोजना भएको छ भने वार्षिकोत्सवको अवसरमा सेन्ट्रल मलले छुट योजना ल्याएको छ । 

२०७५ साल २० फागुनबाट संचालनमा आएको सेन्ट्रल मल करिब एक सय करोडको लगानीमा बनेको हो । विराटनगरको मुटुमा मुलुक कै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल आफैमा फरक छ । सेन्ट्रल मलमा रेष्टुरेन्ट, सुपर मार्केट, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डका विभिन्न सामाग्री उपलब्ध छन् । मल भित्रै सेन्ट्रल मल्टिप्लेक्स सिनेमा हल पनि छ ।

प्रतिक्रिया