विश्वकपमा नेपाली झण्डा फहराउँदै अध्यक्ष रिजाल र उद्योगी राठी

Aadil Times 1+ समाचार ( )
२१ मंगशिर २०७९

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र बाग्मति प्लाष्टिक इन्डष्ट्रीजका सञ्चालक अमित राठीले कतारमा जारी विश्वकप फुटबलमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।

उनीहरु विश्वकप फुटबल हेर्न कतार पुगेर त्यहाँ राष्ट्रिय झण्डा फहराएका हुन् । हाल अध्यक्ष रिजाल र उद्योगी राठी विश्वकप हेर्न कतार पुगेका छन् । अध्यक्ष रिजाल र उनकी पत्नी नम्रता सिटौला रिजालले ब्राजिल र दक्षिण कोरियाको खेलमा सहभागी हुँदै राष्ट्रिय झण्डा फहराए ।

स्टेडीयम ९७४ पुगेका रिजालले त्यहाँ तीन वटा खेल हेर्नेछन् । हजारौँ नेपालीले श्रम गरेको विश्वकप फुटबलमा सहभागी हुन पाउँदा गौरवको महसुस भएको अध्यक्ष रिजालले बताए ।

स्टेडीयममा नेपाली झण्डा संसारका अरु देश भन्दा फरक भएकाले धेरै आकर्षित भएको उनले बताए । राठी दिल्लीहुँदै ४ लाख रुपैयाँ खर्चिएर विश्वकप हेर्न कतार पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार